दिल्लीबाट प्रधानमन्त्रीले भने- मोदीजीले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ
काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् ।मोदीको शपथ कार्यक्रममा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री प्रचण्डले दिल्लीस्थित दूतावासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मोदीसँगको भेट सकारात्मक भएको बताए ।
उनले भने, ‘मैले उहाँले शपथपछि पहिलो भ्रमण नेपालबाट गर्नुपर्यो भन्ने कुरा गरें । उहाँले स्वीकार्नुभएको छ । म पहिला नेपाल जान चाहेको पनि बताउनुभयो, तर अहिले जी सेभेनको बैठक इटालीमा भएको हुँदा त्यताबाट फर्केपछि आउँछु भन्नुभएको छ । अब उहाँले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो अघिल्लो पटक भारत भ्रमणको क्रममा भएका सहमति र समझदारीहरु कार्यान्वयनको विषयमा समकक्षीसँग छलफल भएको बताए ।
उनले मोदीसँग सीमासम्बन्धी समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।