टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी

काठमाडौं। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा शीर्ष चार स्थानमा रहेका ब्याट्सम्यानहरू अहिले पनि विश्वकप टोलीमा छन्। दीपेन्द्रसिंह ऐरी नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन्।

दीपेन्द्रले ६५ टी-२० अन्तर्राष्ट्रिय खेलमा ५७ पालीमा कुल १,६२७ रन बनाएका छन्। यस अवधिमा उनले एक शतक र नौ अर्धशतक पनि बनाएका छन्। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित ११० रन हो।

सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा कप्तान रोहित पौडेल दोस्रो स्थानमा छन्। उनले ५० खेलमा ४८ पालीमा कुल १,१४३ रन बनाएका छन्। उनले ६ अर्धशतक प्रहार गरेका छन्। उनको उच्च स्कोर ६१ रन हो।

तेस्रो स्थानमा कुशल भुर्तेल छन्। उनले ४४ खेलमा ४३ पालीमा कुल १,०८८ रन बनाएका छन्। उनले एक शतक र आठ अर्धशतक बनाएका छन्। उनको उच्च स्कोर अविजित १०४ रन हो।

चौथो स्थानमा आसिफ शेख छन्। उनले ४५ पालीमा कुल १,०२७ रन बनाएका छन्। उनले पाँच अर्धशतक बनाएका छन्। उनको उच्च स्कोर अविजित ६४ रन हो।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यानहरूको सूचीमा पाँचौं स्थानमा ज्ञानेन्द्र मल्ल र छैटौं स्थानमा पारस खड्का छन्। यी दुवै खेलाडीले अहिले खेल जीवनबाट सन्न्यास लिइसकेका छन्।


ताजा समाचार