एसईईमा कुन प्रदेशको कस्तो नतिजा ?

काठमाडौं।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । चैत १५ गतेदेखि भएको परीक्षामा, देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै पास भएका छन्।

यस परीक्षामा कुल ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए, जसमा कक्षा ११ पढ्ने २ लाख ४२ हजार ९२ जना मात्रै पास भएका हुन्।

बोर्डका अनुसार, यस पटकको एसईई परीक्षामा सबैभन्दा बढी सहभागी

बागमती प्रदेशबाट थिए, जसमा ९९ हजार ८७२ जना सहभागी थिए। त्यसमध्ये ३३ हजार ८४३ जना ननग्रेड (एनजी) पास भएका छन्।

लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ जना सहभागी थिए, जसमध्ये ४९ हजार २२४ जना ननग्रेड (एनजी)मा समावेश भएका थिए।

मधेश प्रदेशमा ७९ हजार ५९२ जना सहभागी थिए, जसमध्ये ४२ हजार २८६ जना ननग्रेड (एनजी) पास भएका छन्।

कोशी प्रदेशमा ७५ हजार ९८८ जना सहभागी थिए, जसमध्ये ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन्।

गण्डकी प्रदेशमा ४० हजार ५२६ जना सहभागी थिए, जसमध्ये २० हजार २७५ जना अनुत्तीर्ण भएका छन्।

कर्णाली प्रदेशबाट ३५ हजार ३४ जना सहभागी थिए, जसमध्ये २० हजार ३८० जना विद्यार्थी ननग्रेड ९एनजी०मा समावेश भएका छन्।

सुदूरपश्चिममा ५३ हजार ४४६ जना सहभागी भएकोमा ३६ हजार ४१० कक्षा ११ पढ्न अयोग्य भएका छन्।


ताजा समाचार