एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रक कार्यालयले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा अवधारणा नबुझिने हुनाले अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरिएको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाहरा कम गर्न अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाइने व्यवस्था ल्याइएको जानकारी दिएका छन्। उनले भने, ‘हामीले अब अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था ल्याएका छौं। अब पुनर्योग गर्न विद्यार्थीहरूलाई लाइनमा लाग्नुपर्ने अवस्था समाप्त गरिएको छ।’

नतिजा प्रकाशन भएपछि १५ दिनभित्र पुनर्योग गर्ने निवेदन दिनुपर्ने शर्माले जानकारी दिएका छन्। त्यसैगरी, यदि नतिजा नखुलेमा, अनुपस्थित भएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा समयमै निवेदन गर्न सकिने व्यवस्था गरिएको छ।

चैत १५ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए।


ताजा समाचार