प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन्। बिहीवार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भुसालले आफूहरू पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताएका छन्।

उनले प्रधानमन्त्रीलाई समर्थन जारी रहेको जानकारी दिँदै पार्टीको नेतृत्व सर्वसम्मतिमा टुंग्याउने प्रयास भइरहेको बताए। भुसालले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकताबद्ध र उत्साहित बनाउने विषयमा नै प्रतिनिधिहरूको चासो, चिन्ता, र संकल्प रहेको बताए। उनले भने, “हामी त्यसै अनुरूप अगाडि बढिरहेका छौँ।”

नेतृत्व सर्वसम्मतिमा चयन गर्न समय लागेको भए पनि परिणाम सकारात्मक आउने विश्वास व्यक्त गर्दै उनले भने, “निर्वाचन हुँदा पनि हामी सर्वसम्मतिमा जान्छौं। निर्वाचनको मूल्य, प्रक्रिया मान्दै जानेछौं। सकेसम्म निर्वाचन नगरी सर्वसम्मतिमा सबै मामिला टुंग्याउने हाम्रो प्रयास रहन्छ।”


ताजा समाचार