विद्या तिमिल्सिनाको ‘माईतिको सम्झना’ तीजगीत (भिडियोसहित)

डिबी थापा (सुमन)

काठमाडौँ। नेपाली हिन्दु नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा कलाकारहरुले तीज लक्षित गीतका भाकाहरु बजारमा पठाइ रहेका छन्।

यसै क्रममा लोकप्रिय गायिका राधिका हमाल, विद्या तिमिल्सिना, शोभा थापा र निरुता खत्रीको युगल स्वर रहेको ‘माईतिको सम्झना’ बोलको माैलिक तीजगीत बजारमा आएको छ। गीतमा पत्रकार तथा सर्जक धनराज वास्तविककाे टिपिकल शब्द तथा संगीत रहेको छ। विजय थापाले गीतको संगीत संयोजन गरेका छन् भने कृष्ण बाजुरालीले अडियो मिक्सिङ गरेका छन्।

नेपाली कांग्रेस, बाजुराकी महासमिति सदस्यसमेत रहेकी तिमिल्सिनाको प्रस्तुती रहेको उक्त गीत विशेष फिल्मसकाे आधिकारीक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। कोरोना महामारीसँगै अन्य प्राविधिक कारणले माईतीघर जान नपाएका चेलीका बेदनाहरु गीतमा समावेश गरिएका छन्।

‘जिन्दगीको गोरेटोमा’ जहाँ भएपनि हासीखुशीका साथ रमाउनु पर्छ, माईतीको सम्झनामा रोनाधुना गरेर केही नहुेन सन्देश गीत मार्फत दिन खोजिएको छ। तीजगीतको नाममा प्यारोडिक र पश्चिमा संस्कृति झल्किने खालका गीतहरु बजारमा आइरहेका बेला तिमिल्सिनाले परम्परागत गीत बजारमा ल्याएको दाबी गरेकी छन्।

अर्जुन बिसीको निर्देशन रहेकाे गीतको म्युजिक भिडियोका दृश्यहरु रवीन्द्र श्रेष्ठले क्यामेरामा कैद गरेका हुन्। ‘आजकालको लभ’ नामक सिरियलकी कलाकार तथा मोडेल कञ्चन खड्काका साथै कलाकार स्टेल बिसी, विमल ज्ञवाली र नव मोडेल सुमी तिमिल्सिनाको अभिनय रहेको छ।


ताजा समाचार