एसिड पीडित कार्कीलाई विश्व हिन्दु परिषदको ५१ हजार सहयोग

काठमाडौँ। एसीड आक्रमणमा परेकी पवित्रा कार्कीलाई विश्व हिन्दु परिषदले आर्थिक सहयोग गरेको छ।

यहि साउन ८ गते साँझ राजधानीको सीतापाइलामा एसिड आक्रमणबाट घाइते बनेकी ओखलढुङ्गाकी २२ वर्षीया युवती कार्कीलाई अस्पताल पुगेर परिषदले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

महासचिव जितेन्द्रकुमार सिंह नेतृत्वमा गएको परिषदको टोलिले कीर्तिपुर अस्पतालमा पुगेर पीडित कार्कीलाई ५१ हजा रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको परिषदका सञ्चार विभाग प्रमुख मुकुन्द कालिकोटेले जानकारी दिएका छन्। परिषदले दोषीलाई कानूनी बमाोजिम कारबाहीका लागि सरकारसँग माग गरेको छ।


ताजा समाचार