३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौँ। देश भरिमा वितेको २४ घण्टामा थप ३१५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार दिएको जानकारीअनुसार यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २०,०८६ पुगेको छ। अहिलेसम्म ५६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

यही अवधिमा ९३ जना सङ्क्रमणबाट निको भएको बताइएको छ। अहिलेसम्म ७२५ प्रतिशतभन्दा बढी रोगमुक्त भएका छन्। मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,५३८ व्यक्ति देशभरि आइसोलेशनमा छन्।

विगत २४ घण्टामा पीसीआर विधिबाट ६,९९३ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३,८२,४०९ रहेको छ। कुल निको हुनेको सङ्ख्या १४,४९२ रहेको छ।


ताजा समाचार