स्वस्थ शरीरका लागि आयुर्वेदिक डाबर च्यवनप्राश, नियमित सेवन गरे यस्ता छन् फाइदा

काठमाडौं । वर्षायाममा मौसम परिवतनसँगै विभिन्न खालका संक्रमणका कारण बिरामी पर्न सकिने खतरा रहन्छ । यस्तो बेला स्वस्थ शरीरका लागि डाबर च्यवनप्राश उत्कृष्ट विकल्प बन्न सक्छ ।

रोगप्रतिरोधात्मक आयुर्वेदिक मिश्रणबाट तयार पारिएको डाबर च्यवनप्राशले शरीरलाई मजबुत बनाउँछ । रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुँदा विभिन्न खालका जीवाणु, धुलोधुँवा तथा रुघाखोकीबाट बच्न सकिन्छ ।

संस्कृतमा प्राशको अर्थ विशेषरुपमा तयार पारिएको परिकार भन्ने बुझिन्छ । च्यवन एउटा त्यस्तो ऋषिको नाम थियो जसको दिमाग तेजिलो र फुर्तिलो थियो । यसैकारण यसको नाम च्यवनप्राश राखिएको हो ।

एक स्वस्थ पुरकको रुपमा च्यवनप्राशलाई बालकदेखि वृद्धसम्मले सेवन गर्न सक्छन् । यसको सेवनले उनीहरुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकाले सबैको लागि यो आवश्यक हो ।

च्यवनप्राशमा भिटामिन सी र एन्टीअक्सिडेन्टको स्रोतको रुपमा रहेको छ । यसले स्वास्थ्यलाइ निकै फाइदा प्रदान गर्दछ । क्लिनिकली परीक्षणले यसको नियमित सेवनका कारण रोग प्रतिरोधात्मक क्षमता बढ्ने र शारीरिक तन्दुरुस्ति कायम गर्ने पुष्टि गरेको छ । यसले शरीरलाई थप स्टामिनाका साथसाथै उर्जा प्रदान गर्छ ।

साथै रुघाखोकीको विजाणुसँग लड्ने क्षमता पनि वृद्धि गराउँछ । यतिमात्र होइन च्यवनप्राशको नियमित सेवनले स्वस्थ मुटु बनाइराख्न पनि मद्दत गर्दछ । श्वासप्रश्वास प्रक्रियालाई पनि सहज बनाउन मद्दत गर्दछ । पाचन प्रक्रियालाई समेत स्वस्थ राख्न यसले मद्दत गर्दछ । यसले बढ्दो उमेरसँगै छालामा आउने बदलावहरुलाई समेत रोक्छ र जवान रहन सहयोग पुर्याउँछ ।

रगतमा ग्लुकोज र कोलेस्टेरोलको समेत स्तर कायम गर्ने र प्रजनन टिस्युलाई पनि स्वस्थ राख्न मद्दत गर्दछ । आन्तरिक अंगलाई पोषण प्रदान गर्ने, उच्च रक्तचापलाई नियन्त्रण गर्न समेत च्यवनप्राशले सहयोग गर्नेछ ।

प्रवर्द्धनात्मक सामग्री


ताजा समाचार