विश्वकप लिग-२ : नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ।

क्यानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेको हो ।

बिदाई कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सबै खेलाडीको प्रशिक्षण राम्रो भएकाले नतिजा पनि राम्रो आउने विचार राखे ।

त्रिकोणात्मक सिरिज खेल्न जाने टोली दुई महिना देश बाहिर रहने भएको छ । नेपालले लिग-२ को सिरिजपछि क्यानडासँग टी-२०सिरिज हुने भएको छ । क्यानडापछि नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका पनि जाने भएको छ ।

नेपाली टोली:

 रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।


ताजा समाचार