विश्वकपको ‘गुड मेमोरिज’ ले क्यानडा शृङ्खलाअघि उत्साही छौँ : प्रशिक्षक देसाई

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मन्टी देसाईले क्यानडामा हुन लागेको विश्वकप लिग-२ शृङ्खलाअघि आफू उत्साही रहेको बताएका छन्।

टी-२० विश्वकपमा नेपालको प्रदर्शनका कारण यतिबेला टिम सकारात्मक रहेको बताए।

‘सधैँ लाइन क्रस गरिरहन पर्दैन, गुड मेमोरिजले पनि ठुलो अर्थ राख्छ’, टीम बिदाइ कार्यक्रममा मङ्गलवार प्रशिक्षक देसाईले भने। बैंगलोरको दुई साताको क्याम्पले टिमलाई सहयोग पुगेको बताए।

‘हामीले घरेलु मैदानमा भएको पहिलो शृङ्खलामा सोचेजस्तो प्रदर्शन गर्न सकेनौँ’, उनले भने, ‘तर क्यानडामा हामी आशावादी छौँ।’ नेपालले क्यानडामा घरेलु टोली र ओमानसँग त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने छ।

उनले जित र हात नियन्त्रणमा नभए पनि मानसिकता बलियो हुनुपर्ने र विगतमा टिमले त्यो गरेर देखाएको पनि उल्लेख गरे। विश्वकप लिग-२ मा नेपालले दोस्रो शृङ्खला खेल्न लागेको हो। यसअघि पहिलो शृङ्खलामा एक जित र तीन हारको नतिजा निकालेको थियो।


ताजा समाचार