वितेको २४ घण्टमा ३६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ। वितेको २४ घण्टमा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमाकोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।

सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ। बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन्। विगत २४ घण्टामा पीसीआर विधिबाट ६,६२२ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा २३३जना निको भएका छन् भने भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १५,००० नाघेको छ। अहिलेसम्म गरिएको पीसीआर परीक्षणको सङ्ख्या चार लाख नाघेको छ। अहिले देशभरि विभिन्न स्थानमा ९,४७० मानिसहरू क्वारन्टीनमा छन्।


ताजा समाचार