अयोध्यामा राममन्दिर शिलान्यासपछि पशुपतिनाथमा दिपावली
काठमाडौँ। भारतको अयोध्यामा राममन्दिर शिलान्यासका लागि भूमि पूजन भएको खुसियालीमा काठमाडौँको पशुपतिनाथ क्षेत्रमा दिपावली गरिएको छ।
बुधबार साँझ विश्व हिन्दू परिषद् नेपालले पशुपतिनाथ क्षेत्रस्थित शंकराचार्य मठ अगाडि दीप प्रज्वलन कार्यक्रम गरेको हो। दीप प्रज्वलन कार्यक्रममा भगवान् रामको जयजयकार गरिएको थियो।
कार्यक्रममा परिषद्का कार्यकर्ता, धार्मिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तकलगायत उल्लेख्य संख्यामा उपस्थित र्सवसाधारणहरुले हर्षोल्लासपूर्वक दीप प्रज्वलन तथा भगवान रामको जयजयकार गरी खुशियाली साटासाट गरेका थिए।
परिषद्ले राममन्दिर शिलान्यासको खुशियालीमा उपस्थित सबैलाई लड्डु वितरण गरेको थियो। परिषद्ले देशैभरी आफ्ना शाखाहरु तथा अन्य धार्मिकसंस्थाहरुसँग समन्वय गरी दीप प्रज्वलन तथा भजन कीर्तन कार्यक्रमको आयोजना गरेको छ।