‘पेरिस फेसन विक’मा डेब्यु गर्दा यस्तो देखिइन् आलिया

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टले ‘पेरिस फेसन विक’ मा डेब्यु गरेकी छिन्।

आलियाले पहिलोपटक फेसनको महाकुम्भ मानिने प्रतिष्ठित पेरिस फेसन सप्ताहमा आकर्षण रुपमा प्रस्तुत भएकी हुन्। सोमबार आलिया पेरिस फेसनमा मेटालिक सिल्भर फिटको पहिरन लगाएर र्‍याम्पमा प्रस्तुत भइन्।

केन्डल जेनर, कारा डोलिभिङ र अन्य चर्चित मोडलसँग आलिया देखा परिन्। उनी पेरिसको प्लेस डे ल’ ओपेरामा ‘वाक योर वर्थ’ कार्यक्रममा हिँडेकी हुन्।

यसअघि आलियाले पेरिस फेसन वीकमा आफ्नो डेब्युलाई लिएर उत्साह व्यक्त गरेकी थिइन्। पहिलो जहिल्यै विशेष हुने उनको भनाइ थियो।

आलियाले यसपटक गौरव गुप्ताले तयार पारेको पहिरन लगाएकी थिइन्। यस वर्षको पेरिस फेसन विक सेप्टेम्बर २३ देखि अक्टोबर १ सम्म आयोजना हुनेछ।

यसअघि आलियाले मेटगालामा पनि सोन्दर्य छरेकी थिइन्। जहाँ उनको पहिरनदेखि सोन्दर्यको निकै चर्चा भएको थियो। त्यसैगरि, बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन पनि फेसन विकमा रातो पहिरनमा र्याम्पमा देखिएकी थिइन्।


ताजा समाचार