साझा पार्टीद्वारा सरकारको ३६५ दिने गाईजात्रा प्रदर्शन

काठमाडौँ। साझा पार्टीले शनिबार ललितपुरमा सरकारको ३६५ दिने गाइजात्राः प्रतिस्थापन कला विद्रोह’ को आयोजना गरेको छ।

पार्टीको उपत्यका बिशेष साझा अभियान अन्तर्गत ललितपुरको पाटन दरबार स्क्वायरमा राजनीतिक व्यङ्ग्यात्मक ३६५ दिननै गाइजात्रा आयोजना गरेको हो। मुलुकमा हिंसात्मक घटना बढ्दै गएको अवस्थामा पनि सरकार मौन रहेको भन्दै सरकारप्रति व्यङ्ग्यात्मक प्रहार गरिएको थियो।

कार्यक्रममा सहभागीहरुले सरकारमा रहने व्यक्तिहरुले गरेका कामको फेहरिस्त प्रकट गरेका थिए। सरकारको अकर्मण्यताले कोरोनाको कहर बढेको भन्दै कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी कदम चाल्न साझ पार्टीले व्यङ्ग्यात्मक शैलीमा सरकारको ध्यानाकर्षण पनि गराएको छ।

सरकार ३६५ दिने गाईजात्रे प्रदर्शनमा मार्सी चामलको भोजन, मायाको चिनो मृत्यु, यति काण्ड, ७० करोड, वाईडबडि, न्यायमा सेटिङ, डनवाद, माफियावाद, ओम्नी, अपराध मिनाह, विचौलिया, सत्ता कमिशनको खेलमा जनता कोरोनाको भेलमा, सुरक्षा जन्तर, कोरोना बढेको छ सरकार सुतेको छ। सत्याग्रहको २२ औं दिन, नातावाद–कृपावाद, एसिड काण्ड जस्ता नारा लेखिएको प्लेकार्डहरु प्रदर्शन गरिएको थियो।


ताजा समाचार