बाबर र अफ्रिदी आईसीसी एकदिवसीय वरीयतामा ‘नम्बर वान’

काठमाडौँ। अर्को वर्ष हुने आईसीसी च्याम्पियन्स ट्रफी प्रतियोगिताअघि पाकिस्तानी क्रिकेट टोलीका दुई खेलाडी एकदिवसीय वरीयतामा नम्बर एक बनेका छन्। टिमका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी यस महिना आईसीसीको वरीयतामा नम्बर एक ओडिआई बलर बनेका छन्।

अस्ट्रेलियाविरुद्ध पाकिस्तानको ऐतिहासिक जितपछि शाहिन शाह अफ्रिदीले यो शीर्ष स्थान प्राप्त गरेका हुन्। शाहिन शाह अफ्रिदीले दुई टोलीबीचको तीन एकदिवसीय खेलमा ८ विकेट लिएका थिए। उनी सिरिजमा सबैभन्दा बढी विकेट लिने दोस्रो बलर बने।

अफ्रिदीका अलावा बाबर आजम पनि एकदिवसीय ब्याट्सम्यानको सूचीमा पहिलो नम्बरमा पुगेका छन्। अर्थात् पाकिस्तानी खेलाडीहरू आईसीसीको एकदिवसीय क्रिकेटमा ब्याट्सम्यान र बलर दुवैको सूचीमा पहिलो स्थानमा पुगेका छन्।


ताजा समाचार