एनपीएल : गुर्खाजले लायन्सलाई दियो १०४ रनको सामान्य लक्ष्य
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि १०४ रनको लक्ष्य दिएको छ।
त्रिभुवन विश्वविद्यालय मैदानमा जारी खेलमा ब्याटिङ नचलेपछि काठमान्डु सस्तैमा समेटिएको हो। काठमान्डु १०३ रनमै अलआउट भएको हो।
काठमान्डुका लागि भीम सार्कीले ३१ रन बनाए। यो नै काठमान्डुको सर्वाधिक स्कोर हो। ४० बल खेलेका उनी अभिशेष गौतमको बलमा अर्जुन साउदको स्टम्पिङमा परे।
काठमान्डुलाई सस्तैमा समेट्न लुम्बिनीका बलरले कसिलो बलिङ गरे।
लुम्बिनीका साद बिन जफरले ३, रेमन साइमन्ड र अभिशेष गौतमले समान २ विकेट लिँदा सूर्य तामाङ र विवेक यादवको नाममा १/१ विकेट रह्यो। २ ओभर बलिङ गरेका कप्तान रोहित भने विकेटविहीन रहे।