गलत काम गर्ने बालगृहमाथि कडा कार्वाही हुन्छ: मन्त्री गुरुङ

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले गलत काम गर्ने बालगृहमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री गुरुङले बालबालिकाहरुको हितमा केन्द्रित भएर कामगर्न सम्बन्धित सबै निकायलाई आह्वान गर्दै यदी कुनै बालगृहले अनैतिक काम गरेको पाईएका कडा कारवाही गर्ने चेतावनी दिएका हु्न् । मन्त्री गुरुङ्ले भने, कोरोना भाईरस ‘कोभिड–१९’ सङ्कटका बेला अनाथ, सहाय बालबालिकाहरु झनै जोखिममा परेका छन, यस्तो बेला कसैले पनि बालबालिकाहरुमाथि अन्याय हुने काम नहोस् ।

आज काठमाडौंमा आयोजित कोभिड–१९ सङ्कटका बेला बाल संरक्षणका लागि दक्षिण एशियाली राष्ट्रहरुबीचको सहकार्य विषयक भर्चुअल बैठकमा बोल्दै मन्त्री गुरुङले ‘जोखिममा परेका त्यस्ता बालबालिकाहरुको संरक्षण गर्न दक्षिण एशियाली राष्ट्रहरुबीच अझै बलियो सहकार्यको आवश्यक्ता रहेको विचार व्यक्त गरे ।

सरकारले अनाथ तथा असहाय बालबालिकाहरुको उचित व्यवस्था हुने गरी बालबालिकासम्बन्धि १० वर्षे रणनीतिक योजना तयार पार्ने कामलाई अन्तिम चरणमा पु¥याएको जानकारी दिए । एक वर्ष भित्र नेपाललाई सडक बालबालिका मुक्त देश घोषणा गर्ने तयारी भईरहेको मा कोभिड–१९ र बाढि, पहिरोको कारण यसै वर्ष सडक बालबालिका मुक्त बनाउने सरकारको अभियान पूरा हुन नसकेको मन्त्री गुरुङको भनाई थियो ।

मन्त्री गुरुङले अनाथ तथा गरिव बालबालिकाको संरक्षण र उनीहरुको शिक्षा, स्वास्थ्यको उचित व्यवस्था गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।


ताजा समाचार