भारतमा एकैदिन ८६ हजार मानिस कोरोनासङ्क्रमित

काठमाडौँ। भारतमा एकैदिनमा कोरोनाभाइरसबाट थप ८६ हजार मानिस सङ्क्रमित भएको पाइएको छ।

सर्वाधिक वृद्धि
यो सङ्ख्या दैनिक सर्वाधिक वृद्धि हो। साथै विश्वमा अन्यत्र कुनै देशमा पनि एकैदिन यति धेरै सङ्ख्यामा सङ्क्रमित भेटिएका छैनन्।वितेका तीन दिनदेखि भारतमा लगातार प्रतिदिन ८० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कुल ४० लाख २३ हजारभन्दा धेरै मामिला भेटिएका छन्।तीमध्ये साढे आठ लाख जति सक्रिय सङ्क्रमित छन् भने ३१ लाख मानिस निको भइसकेका छन्।

हालसम्म त्यहाँ कोभिड(१९ का कारण ६९,५६१ मानिसको ज्यान गइसकेको छ। शनिवार दिइएको विवरणमा २४ घण्टाको अवधिमा त्यहाँ १०८९ जनाको ज्यान गएको छ।


ताजा समाचार