कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, ३१७ जनाको मृत्यु 

काठमाडौँ। वितेको २४ घण्टामा १२४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ।देशभरका प्रयोगशालामा ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ। यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ।

उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सार्वधिक बढी काठमाडौँ उपत्यकामा ५७२ जना संक्रमिति थपिएका छन्। जसमध्ये ४९५ जना काठमाडौंका छन् भने ललितपुरका ४३ र भक्तपुरका ३४ जना छन्। यस्तै बाँकेका ७० जना, रुपन्देहीका ५१, कपिलवस्तुका ४४, सर्लाहीका ४२, नवलपरासीका ३७, काभ्रेका ३६, सप्तरी र मकवानपुरका ३५र३५ जना, पाल्पाका २९, सुनसरीका २३, संखुवासभाका २२, कास्की र कैलालीका २१र२१ जना, चितवनका १८, बाराका १७, मोरङका १६, स्याङ्जाका १२, झापा र पर्सा ११र११ जना, बर्दियाका १० र बाग्लुङका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

नवलपुरका ८ जना, गुल्मीका ७, रुकुम पश्चिम र सल्यानका ६र६ जना, तनहुँ र सुर्खेतका ५र५ जना, पाँचथर र दाङका ४र४ जना, भोजपुर, दोलखा र धादिङका ३र३ जना, इलाम, उदपयुर, रौतहट, रामेछाप, पर्वत र अर्घाखाँचीका २र२ जना तथा खोटाङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, लमजुङ, रोल्पा, डोटी, बाजुरा र बैतडीका १र१ जनामा पनि संक्रमण देखिएको छ।


ताजा समाचार