नेपाली खेलाडी अबिरल घिमिरेलाई जापानमा अर्को सफलता

काठमाडौँ। नेपाली खेलाडी अबिरल घिमिरेले जापानमा अर्को सफलता हात पारेका छन्। लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका घिमिरले आइबार जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कोरेका हुन्।

उनले २५ वर्षीय जापानिज खेलाडी थातुयालाई पहिलो पराजित गरेका हुन् । काठमाडौंकोे चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई पहिलो राउन्डमा नै नकाआउट हानेका थिए ।जीतपछि निकै हर्षित मुद्रामा घिमिरेले भने, ‘मुलुकको नाम राख्न सकेकोमा खुशी लागेको छ । यो जित भने क्यारियरकै महत्वपूर्ण जितका रुपमा हेरेको छ ।

‘आगामी दिनमा पनि नेपालको झण्डा बोकी विश्वसामु देशको नाम चम्काउन प्रयासरत रहन्छुु घिमिरेले भने।’ व्यवसायीक खेल खेल्दै आएका अबिरल घिमिरेले पहिलो राउण्डमै नकआउट हान्दै आफ्नो बेल्टलाई पुनस् संरक्षण गर्न सफल भएका हुन्।

अबिरल नेपालमा चर्चित किक बक्सिङ करातेका पूर्व चर्चित खेलाडी देव घिमिरेको छोरा हुन्। लामो समयदेखि उनी जापानमा रहेका आफ्नै पिता देवको निगरानी र प्रशिक्षणमा अभ्यास गर्दै आएका छन्। प्रशिक्षक तथा पीता देब घिमिरेले अविरलको उमेर र अनुभव कम भए पनि अन्तर्राष्ट्रिय अनुभव बटुलेका व्यावसायिक खेलाडीलाई हराउनु निकै गर्वको विषय भएको बताए।

उनले विभिन्न राष्ट्रका खेलाडीहरूसंग १४ वटा भिडन्तमा १३ वटामा जित हासिल गरेका थिए भने एक म्याच बरावरीमा रोकिएको थियो। आजको चर्चित हित ४७ खेल जापानको टोकियोस्थित टोकियो टावरमा भएको संचालन भएको थियो ।मोहन महर्जन ड्र्यागनले पनि ३ राउण्डको खेलमा प्रतिद्वन्दीलाई अकको आधारमा पराजित गर्दै जित हात पारेका छन्।


ताजा समाचार