१०३९ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौँ। बितेको २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन्।

बितको २४ घन्टामा पीसीआर ९ हजार १८५ जनाको भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ। यसैबीच आज थप ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३४५ पुगेको छ।


ताजा समाचार