२४ घण्टामा हालसम्मकै धेरै १५३९ जना कोरोना संक्रमित थपिए

काठमाडौँ। बितेको २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। बितेको २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै धेरै हो। यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएको पनि जानकारी दिए । उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ ।

यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् । आज १०,४९४ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए । यसैबीच बितेको कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।


ताजा समाचार