बितेको २४ घण्टामा १२४६ संक्रमित, १२४३ कोरोना मुक्त

काठमाडौँ। बितेको २४ घण्टामा देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।

यससँगै देशभर संक्रमितको कुल संख्या ५९,५७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको पनि गौतमले बताए। आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ।

जसमा संस्थागत आइसोलेशनमा ७ जहार ९०३ र होम आइसोलेशनमा ८ हजार ३३८ जना रहेका छन्। यस्तै आज पीसीआर १० हजार ६४१ जनाको भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३८३ पुगेको छ।


ताजा समाचार