चीनमा नयाँ कोरोना संक्रमित भेटिन थाले

काठमाडौँ। चीनको मेनल्याण्डमा बिहिबार कोभिड–१९ का ३२ नयाँ संक्रमित भेटिएका छन्।

चिनियाँ स्वास्थ्य अधिकारले शुक्रबार दिएको जानकारीमा भेटिएका नयाँ संक्रमितको संख्या एक महिनापछिको सबैभन्दा धेरै भएको बताएका छन् । अघिल्लो दिन अर्थात् बुधबार यहाँ ९ नयाँ संक्रमित भेटिएका थिए।

हुन त यो संख्या तुलनात्मक रुपमा कम नै हो तरपनि अगस्ट १० पछिको सबैभन्दा धेरै संख्या यहि नै हो। नेशनल हेल्थ कमिशनले एक वक्तव्य जारी गर्दै भेटिएका सबै नयाँ संक्रमित बाहिरबाट आएको जानकारी दिएको छ। संक्रमितमध्ये १३ जना उत्तर–पश्चिम सान्क्सी प्रान्तका हुन् भने १२ जना साङ्घाइका हुन्।

चीनको मेनल्याण्डमा अगस्टको मध्यदेखि नै स्थानीय संक्रमित छैनन्। साङ्घाइको सरकारले शुक्रबार १२ मध्ये ९ नयाँ बिरामी – सबै चिनियाँ नागरिक– सेप्टेम्बर १६ मा विमानमार्फत् मनिलाबाट साङ्घाई यात्रा गरेको बताएको छ।

साङ्घाइले विमानको नाम भने खुलाएको छैन। यद्यपि, एउटा नयाँ विज्ञप्ति जारी गर्दै साङ्घाईले मनिला–साङ्घाई यात्रा गर्ने दुईवटा फ्लाइट कोभिड–१९ को जोखिमका कारण रद्द गरेको जानकारी दिएको छ।


ताजा समाचार