कोरोना अपडेट: ११५४ संक्रमित, १००५ जना कोरोना मुक्त

काठमाडौँ। पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ९ हजार ५३३ नमुना परीक्षण गर्दा ४१८ महिला, ७३६ पुरुषमा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। उनीहरुमध्ये ४२७ जनाको मृत्यु भएको छ भने ४७ हजार २३८ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्र १००५ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६७४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौँका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जना छन्।

यस्तै मोरङका १०७ जना, सप्तरीका ४७, कैलालीका ३७, रौतहटका २९, सुर्खेतका २८, नवलपरासीका २४, कास्की र रुपन्देहीका १८र१८ जना, बझाङका १६, महोत्तरीका १४, सुनसरीका ११, काभ्रे र बाँकेका १०र१० जना तथा कपिलवस्तु, रुकुम पूर्व र दैलेखका ९र९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सर्लाही, अर्घाखाँची, प्युठान र कञ्चनपुरका ७र७ जना, धादिङका ६ जना, पर्सा र नुवाकोटका ५र५ जना, सिराहा, पाल्पा र डडेलधुराका ४र४ जना, दोलखा, मकवानपुर र अछामका ३र३ जना, झापा, धनुषा, सिन्धुली, नवलपुर, रुकुम पश्चिम र बैतडीका २र२ जना तथा इलाम, उदयपुर, बारा, सिन्धुपाल्चोक, पर्वत, डोटी र बाजुराका १र१ जनामा पनि संक्रमण देखिएको छ।


ताजा समाचार