भारतको सहयोगमा शिक्षा क्षेत्रमा भएका प्रयासहरुबारे तयार पारिएको बेभसाइटको शुभारम्भ

काठमाडौँ। भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुर्ननिर्माण प्रयासहरु बारेमा तयार पारिएको डेडिकेटेड बेभसाइटको शुभारम्भ भएको छ।

नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्रा र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा भर्चुअल समारोहमार्फत सो बेभसाइटको उदघाटन गरिएको दुतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुर्ननिर्माण प्रयासहरुअन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरु सो बेभसाइटमा रहने बताइएको छ । अंग्रेजी र नेपाली दुवै भाषमा रहेको सो बेभसाइट केन्द्रीय भवन अनुसन्धान संस्थान सीबीआरआई, रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको हो ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्घता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुर्ननिर्माण परियोजनाहरु निरन्तरअघि बढिरहेका छन् । विशेषगरी आवास क्षेत्रमा, गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरहरुमध्ये ४६ हजार घरहरु निर्माण भइसकेको अवस्था छ।

७० वटा विद्यालयहरु, एउटा पुस्तकालय, १४७ वटा स्वास्थ्य संरचनाहरु र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरुसहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजनाहरु पुनर्निर्माण÷रेट्रोफिटिङ्गका लागि कार्यान्वयनमा रहेका छन् ।


ताजा समाचार