अनेरास्ववियूले १०५१ वटै क्याम्पसमा जित हासिल गर्छ: नेता बराल

काठमाडौँ। अनेरास्ववियूकी नेता सुनिता बरालले देशका एक हजार ५१ वटै क्याम्पसमा अनेरास्ववियूले जित हाँसिल गर्ने दाबी गरेकी छन्।

आगामी फागुन १४ मा हुने स्ववियु निर्वाचनमा अनेरास्ववियूले उक्त जित हासिल गर्ने नेता बरालको दाबी छ। नेता बरालले लामो समयदेखिको अन्योल र आशंकाकाबीच संगठनहरुप्रति विद्यार्थीको अभिमत बुझ्न स्ववियु निर्वाचनमा होमिएको बताएकी छन्।

नेता बरालले मंगलबार सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छिन्, ‘लामो समयदेखि अन्योल र आशंकाकाबीच अब हामी संगठनहरुप्रति विद्यार्थीहरुको अभिमत बुझ्न् स्ववियु निर्वाचनमा होमिएका छौं। आशा गरौं मित्रसंगठन नेविसंघ आफ्ना आन्तरिक समस्याहरुको शिघ्र समाधान गरि मैदानमा तयारी हालतमा भेटिनेछ।’

उनले अगाडि लेखेकी छन्, ‘मिनीसंसदु मानिने स्ववियुमा ईतिहासमा संधै बर्चस्वमा रहेका मुलुककै दुई शक्तिशाली संगठनहरुको एकता पछि पहिलोपटक मुलुकभरका ६२ आंगिकसहित सम्पुर्ण एक हजार ५१ वटै क्याम्पसको स्ववियुमा अनेरास्ववियूको झण्डा फहराउने छौं। नेबिसंघसँग १०५२ औं मा प्रतिस्पर्धा हुनसक्छ।’

नेता बरालले लेखेकी छन्, ‘मिनीसंसद, मानिने स्ववियुमा ईतिहासमा सँधै वर्चस्वमा रहेका मुलुककै दुई शक्तिशाली संगठनहरुको एकता पछि पहिलोपटक मुलुकभरका ६२ आंगिकसहित सम्पुर्ण एक हजार ५१ वटै क्याम्पसको स्ववियुमा अनेरास्ववियूको झण्डा फहराउने छौं। नेविसंघसँग १०५२औंमा प्रतिस्पर्धा हुनसक्छ।’

स्ववियु निर्वाचनका लागि त्रिविले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिकासमेत प्रस्ताव गरेको छ। मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको बैठकमा प्रस्ताव राखेको हो।


ताजा समाचार