मिलिजुली फेमिलीद्वारा बृद्धाआश्रमलाई सहयोग प्रदान

केबी थापा ‘सुमन’

काठमाडौँ। सामाजिक सञ्जाल टिकटकमा आवद्ध एक समूह मिलिजुली फेमिलीद्वारा बुटवलमा रहेको श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाआश्रममा सहयोग हस्तान्तरण गरेको छ।

विश्व एकै परिवार मानव सेवा हाम्रो आधार भन्ने मुलमन्त्रका साथ सामाजिक सञ्जाल टिकटकको माध्यमबाट सामाजिक सेवामा समर्पित मिलिजुली परिवारमा आवद्ध करिब २०० जनाभन्दा बढी सदस्य रहेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताको असल उदाहरण दिदै यस अघि काठमाडौँको गोगंबुमा रहेको हिमालय बृद्वाआश्रममा रहेका ३५ जना जेष्ठ नागरिकलाई खाद्यान्न, लत्ताकपडा र आवश्यक सामग्री वितरण, खाना खुवाउने तथा रक्तदान जस्ता कार्यक्रम सञ्चालन गरेको थियो।

उक्त समूहले औपचारिक कार्यक्रम गर्दै कर्मयोगी वरिष्ठ समाजसेवी धर्मपाल गणेशमान सैजुको योगदानले २०६० सालमा स्थापना भएको बुटवलस्थित सिद्धबाबा बृद्वाआश्रममा रहेका ११ जना जेष्ठ नागरिकलाई आवश्यक सामग्रीका साथै दशैंको लागि नयाँ लुगा वितरण गरेको छ।

उक्त कार्यक्रममा कार्यक्रमका संयोजक रारा सैजु (रेखा), बृद्वाआश्रमका अध्यक्ष समाजसेवी महेश्वर प्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अर्जुन मान सैजु, नेपाल जेसीजको पूर्व राष्ट्रिय अध्यक्ष, एवं बृद्वाआश्रमका संरक्षक समाजसेवी अनुप मान सैजु , मिलिजुली परिवारका माधव शर्मा भट्टर्राई र पत्रकार तथा बुद्दिजिवीहरुको उपस्थिति रहेको थियो।

संस्थापक कर्मयोगी वरिष्ठ समाजसेवी स्व।गणेश मान सैजुको शालिकमा माल्यार्पण गरि समुद्धाटन गरिएको कार्यक्रममा स्वागत मन्तव्य सहित मिलिबृद्वाआश्रमकाजुली परिवार र कार्यक्रम बारे संयोजक रारा सैजुले प्रकाश पार्नु भएको थियो।

उक्त समुहले बृद्धाआश्रममा संचालन हुने नवज्योति आदर्श बालकुन्जको लागि १००१५ बृद्वाआश्रामका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको थियो भने भैरहवामा रहेको सिद्धार्थ बाल आश्रमको लागि ५००५ माधव शर्मा भट्टराईलाई प्रदान गरिएको थियो। आश्रममा आश्रति रहेका ११ जना जेष्ठ नागरिकहरुलाई सम्मानसहित नयाँ लुगा, खाध्यान्न र आवश्यक सामाग्री वितरण गरिएको थियो।

कार्यक्रममा उपस्थिति अतिथीहरुले मिलिजुली टिकटक परिवारको कार्यलाइ शुभकामना दिनुको साथै आश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले टिकटक मिलिजुली परिवारलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरेका थिए।


ताजा समाचार