नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति उत्पादनमा लाग्नुस्: मन्त्री अर्याल

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति उत्पादनतर्फ लाग्नुपर्ने बताएकी छन्उ।

शहिद स्मारक जनस्वास्थ्य कलेज सिफलको ११ औं वार्षिकोत्सवको अवसरमा आज शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

अबको शिक्षा रोजगारमूलक शिक्षा भएको भन्दै मन्त्री अर्यालले रोजगारमूलक शिक्षा आजको आवश्यकता भएको बताइन। अब प्रत्येक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था हुनुपर्ने भन्दै उनले पढेको कुरा व्यवहारमा लागु गर्न सकिने शिक्षा हुनुपर्ने बताइन।

दक्ष जनशक्ति बाहिर पलायन गराउने कार्यको अन्त्य गरेर स्वदेशमै सम्भावनाहरुको खोजी गरिनुपर्ने उनको भनाई थियो। ‘अब हामीले हाम्रो ज्ञान बिक्री गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने हो । दक्ष जनशक्ति विदेश पठाएर समृद्ध नेपाल सुदी नेपाली भनेर अर्थ छैन’, मन्त्री अर्यालले भनिन्, ‘विदेश जाने जनशक्तिको उपयोग गर्नुपर्छ । अब हामीले युरोप, अमेरिका, अष्ट्रेलिया पलायन हुने जनशक्ति होइन नेपाली बाटोमा सुन फलाउने जनशक्ति उत्पादन गर्न सकौं।’


ताजा समाचार