कोरोना संक्रमितको संख्या एक लाख ६० हजार

काठमाडौं। नेपालमा (कोभिड-19) संक्रमितको संख्या १ लाख ६० हजार चार सय पुगेको छ।

स्वास्थ मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार आठ सय ४३ जना निको भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको र पाँच सय ७० जना संक्रमित भेटिएका छन्।

संक्रमितमा २११ जना महिला र ३५९ जना पुरुष रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । यस्तै सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन्। सोमबार विजयादशमी रहेको र धेरैजसो ल्याबहरु बन्द रहेकाले पीसीआर घटेको हो।


ताजा समाचार