भारतद्वारा निर्मित विद्यालय भवनको उद्घाटन

काठमाडौँ। नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारले २.५८३ करोड आर्थिक लगानीमा भिमसेन आदर्श उच्च माध्यमिक विद्यालयको भवन निमार्ण सम्पन्न गरेको छ।

उक्त भवनको काठमाडौं स्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीयप्रतिनिधि, विद्यार्थी एवम्विद्यालय परिवारद्वारा आज संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका छन्।

नवलपरासी जिल्लाको देवचुली–७ मा अवस्थित उक्त विद्यालयको स्थापना सन् १९६९ मा भएको हो र यहाँ कक्षा १२ सम्मको अध्ययन हुन्छ। यस विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये ५५ प्रतिशतभन्दा बढी छात्रा रहेकाछन्।

भारत सरकारको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको यस विद्यालय भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन तथा कर्मचारी कक्ष, बैठक कक्ष, चमेना गृह, औषधी कक्ष र सरसफाइ सुविधा रहेका छन्।

नेपालको शिक्षाको क्षेत्रमा भारतले गर्दै आएको सहकार्यको अर्को एउटा उदाहरण हो। यस परियोजनाले शिक्षाको क्षेत्रमा पूर्वाधार विकास
गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पु¥याएको छ।


ताजा समाचार