प्रधानमन्त्री ओली र भारतका स्थल सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

तस्वीर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणेबीच भेटवार्ता भएको छ।

तीन दिनअघि नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन्। भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी थिए। नरवणे आजै स्वदेश फर्किने छन्।

त्यस्तै नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी छन् । तीन दिने नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मानार्थ महारथीको उपाधी ग्रहण गरेका थिए।


ताजा समाचार