भारतद्वारा नेपाललाई २८ वटा आइसीयु उपहार स्वरुप प्रदान

काठमाडौँ। कोभिड-१९ महामारीविरुद्धको लडाईमा थप सहयोग गर्ने हेतु भारत सरकारले २८ वटा आईसीयु प्रदान गरेको छ।

नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई कार्तिक २३ गते २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेका हुन्।

यस अघि भारतले नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीनलगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड-१९ परीक्षण कीट (आरटी–पिसिआर), श्रावण २५ गते आइसीयु भेन्टिलेटर र भाद्र ३० गते रेमडेसिभिर औषधी प्रदान गरिसकेको छ।

हस्तान्तरण समारोहमा बोल्दै राजदूत क्वात्राले कोभिड–१९ महामारीविरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको कुरा दोहो¥याएका थिए। साथै, उनले यस किसिमका आवश्यक सहयोग गर्न भारत सधै प्रतिबद्ध रहेको कुरामा जोड दिए।

 


ताजा समाचार