राष्ट्रपतिद्वारा ‘मैले बुझेको गान्धी’ नामक पुस्तक लोकार्पण

काठमाडौँ। सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका महामहिम राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा ‘मैले बुझेको गान्धी’ नामक पुस्तकको लोकार्पण गरिएको छ।

भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१औँ जन्मजयन्ती तथा दुई वर्षे लामो महात्माको १५०वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको सोमबार लोकार्पण गरिएको हो।

राष्ट्रपति भण्डारीले नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा राष्ट्रपति भवन, शीतलनिवासमा उक्त पुस्तकको सोमबार लोकार्पण गरेकी हुन्। हाम्रा नेपाली मित्रहरुसँग गान्धी शिक्षाका मूल्य मान्यताको सम्झनामा भारतीय राजदूतावासले बिपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा उक्त पुस्तकको प्रकाशन गरेको हो। यस पुस्तकले विश्वपुरुष गान्धीका बारेमा पहिलो पटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको छ।

गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई यस पुस्तकमा समावेश गरिएको छ। यस प्रकाशनले नेपालका युवाहरुलाई महात्मा गान्धीलाई अझ नजिकबाट बुझ्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ। जसको जीवन तथा आदर्श सदा अमर र आज पनि उत्तिकै सान्दर्भिक छ।


ताजा समाचार