बितेको २४ घण्टामा २७३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ। बितेको २४ घण्टामा २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २२ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १२ हजार ९६० जनाको पीसीआर भएकोमा २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमा १ हजार ५९ महिला र १ हजार ६७७ पुरुष रहेका छन् । यस्तै बितको २४ घण्टामा थप ८५३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ भने निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ।
यससँगै अब देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३५ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११४८ पुगेको मन्त्रालयको जनाएको छ ।


ताजा समाचार