उपत्यका मेयर फोरम र उपप्रधानमन्त्रीबीच कोरोनाका बारेमा छलफल

काठमाडौँ। उपत्यका मेयर फोरम उपप्रधानमन्त्री भेटकाठमाडौँ उपत्यकाको नगरपालिका फोरमले कोरोना नियन्त्रण र रोकथामका लागि तिहार र छठ पछि उपत्यकामा कडाइ गर्न सरकारलाईसुझाव दिएको छ।

फोरमले बुधबार उपप्रधानमन्त्री एवं सीसीएमीकासंयोजक इश्वर पोखरेलसंग छलफल गर्दै उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावहदेखिएको भन्दै कोरोना नियन्त्रण र रोकथामका लागि तिहार र छटपछिउपत्यकामा कडाइ गर्न सुझाव दिएको हो।

कोरोनाको चेन ब्रेक गर्नका लागिनिषेधाज्ञा वा लकडाउन गर्ने र त्यसको पूर्वतयारी गर्ने बिषयमा छलफल भएको फोरममासचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

केही स्थानीय तह र संघीय सरकारबीचको समन्वय अभावभएका कारण कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेकाले अव एकीकृत रुपमा नैकोरोना नियन्त्रण र रोकथामका लागि पहल गर्ने सहमति भएकोउहाले जानकारी दिए।

छलफलमा उपप्रधानमन्त्री एवं सीसीएमीकासंयोजक पोखरेलले कोरोना नियन्त्रण र रोकथामका लागि सरकार गम्भीर भएर लागेकोभन्दै सवै तहसंग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरे।


ताजा समाचार