बितेको २४ घण्टामा १४७७ जना कोरोना संक्रमित थपिए

काठमाडौँ। बितेको २४ घण्टामा देशभर थप १४७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २७९८ जना निको समेत भएका छन्। मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ।

यस्तै हाल देशभर ३५ हजार १२५ जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १२२१ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ६ जनाले ज्यान गुमाएका छन्।


ताजा समाचार