चीनका एक व्यक्तिले २२ करोड मुल्यमा परेवा खरिद गरे

काठमाडौँ। बेल्जियमको एक रेस परेवा सर्वाधिक १९ लाख डलरमा बिक्रि भएको छ। यो दुई वर्षको पोथी परेवाको नाम न्यू किम हो। सुरुमा यसलाई २३७ डलरमा लिलामीमा राखिएको थियो तर चीनका एक व्यक्तिले यसलाई १९ लाख डलरमा खरिद गरे।

नेपालीमा यो रकम २२ करोड ५९ लाख रुपैयाँभन्दा पनि बढी हुन्छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यो परेवा पाल्ने कुर्त वाउवरले खबर सुनेर उनी र उनको परिवार अचम्ममा परेको बताए। यसअघि एक चार वर्षको भाले परेवा १४ लाख डलरमा बिक्रि भएको थियो।

रेसिङ च्याम्पियन परेवा

अरमान्डो नामको रेसिङ च्याम्पियन परेवालाई परेवाको लुईस हेमिल्टन पनि भनिन्छ। यसले अवकाश पाएपछि सन् २०१९ मा यसलाई बेचिएको थियो। यस्तै, न्यू किमले सन् २०१८ मा थुप्रै प्रतिस्पर्धा जितेका छ जसमा नेशनल मिडल डिस्टेन्स रेस पनि समावेश छ। त्यसपछि न्यू किम पनि रिटायर भयो।

पछिल्ला केही वर्षमा चीनमा परेवाको रेस निकै लोकप्रिय भइरहेको छ। अरमान्डोजस्तै न्यू किम खरिद गर्नका लागि दुई चिनियाँ खरिददारले धेरैभन्दा धेरै बोली लगाइरहेका थिए। रेसिङ परेवाले १० वर्षको उमेरसम्म बच्चा पैदा गर्नसक्छ। यस्तो लाग्छ कि न्यू किमलाई पनि उसको प्रजननका लागि प्रयोग गरिनेछ। तर, लिलामी  गर्नेहरुका अनुसार यसैकारण यो लिलामी थप असाधारण हुने गर्छ।

लिलामी गर्ने संस्था पीपाका कार्यकारी अधिकारी निकोलासाले रोयटर्सलाई भने, ‘यो रेकर्ड मूल्य अविश्वसनीय छ किनभने यो एक पोथी परेवा हो। धेरैजसो भाले परेवाको मूल्य बढी हुन्छ किनभने यसले बढी बच्चा पैदा गर्नसक्छ। निकोलासका अनुसार बेल्जियममा लगभग २० हजार परेवा पालक छन्।


ताजा समाचार