राष्ट्रपति भण्डारीलाई भेट्न ‘प्रचण्ड’ शीतलनिवासमा

काठमाडौँ। नेकपा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तीन गते बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्न चाहेका छन् भने कार्यकारी अध्यक्ष प्रचण्ड यसको विपक्षमा छन्।

शीतल निवास स्रोतकाअनुसार प्रचण्ड मंगलबार साँझ शितलनिवास प्रवेश गरेका हुन्। नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। राष्ट्रपतिकै आग्रहमा प्रचण्ड शीतल निवास पुगेको स्रोतले जनाएको छ।


ताजा समाचार