काठमाडौंमा लाग्यो ‘गो ब्याक चाइना’ को नारा

काठमाडौं। ‘चाइना गो ब्याक’, ‘नेपालको भूमि मिच्न पाइँदैन’ भन्ने लगायत प्लेकार्ड बोकी युवाहरुले शनिबार माइतीघरमा प्रदर्शन गरेका छन्।

सत्तरुढ दल नेकपमा आन्तरिक विवाद चर्किरहेका बेला भएको चाइनिज राजदूतको सक्रियता र नेपालको भूमिमा चीननले भवन बनाएको भनी विवाद चर्किरहेका बेला चाइनिज विस्तारवाद मुर्दावाद भन्दै युवाले प्रदर्शन गरेका हुन्।

उनीहरुले चाइना विस्तारवाद मुर्दावाद, विदेशी हस्तक्षेप बन्द गर, चाइना गो ब्याक, भूमि मिच्न पाइँदैन भन्ने प्लेकार्ड बोकेका छन् । नेपाल(भारत सीमा विवाद चर्किरहेका बेला चाइनाले पनि नेपालको भूभाग मिची भवन बनाएको भन्दै चाइनाको विरोध हुँदै आएको छ।

प्रदर्शनमा उत्रिएकाहरुले नेपालको भूभाग हडपेको आरोप लगाएका छन्। यसका अलवा नेपालको उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाएको उनीहरुको भनाइ छ।

 


ताजा समाचार