मिलिजुली परिवारद्वारा सहयोग प्रदान

केबि थापा ‘सुमन’

काठमाडौँ। मिलिजुली टिकटक परिवारले मानव सेवा आश्रम भरतपुरलाई आश्रम व्यवस्थापन तथा भोजनसेवाको लागि नगद ४९ हजार ६ सय ५ रुपैया सहयोग गरेकोछ।

‘समाज रुपान्तरण हाम्रो मुल नारा, मिलिजुली परिवार दिन दुःखीको साहारा’ भन्ने आदर्श वाक्यसहित सामाजिक सन्जालको माध्यमबाट मानवीय सेवामा सहयोग गर्ने उद्धेश्यले भदौ अन्तिम साता निर्माण भएको मिलिजुली टिकटक परिवारले ४९ हजार ६ सय ५ रुपैया चितवनस्थित भरतपुरमा रहेको मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेकोछ।

हाल जापानमा रहेका मिलिजुली टिकटक परिवारका सदस्य रामचन्द्र रिजाल एवं श्रीमती अम्बिका रिजालले छोरा अमृत रिजालको जन्मदिनको अवसरमा मानवसेवा आश्रम चितवनको भरतपुर शाखामा आश्रती रहेका ब्याक्तिहरुलाई भोजनसेवा अर्पण गर्दै आश्रम व्यवस्थापनमा समेत सहजता प्रदान गर्ने उदेश्यले उक्त रकम मिलिजुली टिकटक परिवार मार्फत हस्तान्तरण गरेका छन्।

समाज रुपान्तरणका लागि मिलिजुली टिकटक परिवारबाट सक्रिय रुपमा लागिपरेका सामाजिक भावनाले ओतप्रोत मनहरुलाई एकीकृत गर्न सफल युवा समाजसेवी राजन कँडेलसहित मिलिजुली टिकटक परिवारका २ दर्जन सदस्यको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन भएको थियो।


ताजा समाचार