तीव्र गतिमा मासिदैछ एमेजन जंगल

काठमाडौँ। ब्राजिलको एमेजनको जंगलमा सन् २००८ यताकै सबैभन्दा तीव्र दरमा वन फडानी भइरहेको स्पेस एजेन्सी ९इन्पे० ले बताएको छ। अगस्त २०१९ देखि जुलाई २०२० सम्म कूल ११ हजार ८८ वर्ग किलोमिटर वन क्षेत्र नष्ट गरिएको थियो । यो गत वर्षको तुलनामा ९.५ प्रतिशतले बढी हो।

अमेजनलाई विश्वको महत्त्वपूर्ण कार्बन स्टोर मानिन्छ जसले जलवायु परिवर्तन र विश्वको तापक्रम बढ्नबाट रोक्न मद्दत गर्दछ। वैज्ञानिकहरुका अनुसार सन् २०१९ को जनवरीमा जेयर बोल्सोनारोले राष्ट्रपतिको कार्यभार सम्हालेपछि तीव्र गतिमा वन फडानी भइरहेको छ। सन् २०१८ मा ७ हजार ५३६ वर्ग किलोमिटर क्षेत्र वन क्षेत्र नष्ट गरिएको थियो।

यसअघि, ब्राजिलले वन फडानीको दरलाई सन् २०२० सम्म ३ हजार ९०० वर्ग किलोमिटरमा झार्ने लक्ष्य दिएको थियो। तर, बोल्सोनारोले भने वन फडानीलाई प्रोत्साहित गर्दै वातवरणीय कानुनहरु लागु गर्ने सरकारी संस्थाको बजेट कटौति गरेका छन्।

उनले वन फडानीको तथ्यांक प्रस्तुत गर्ने संस्था ईन्पेको आलोचना गरेका छन्। यस संस्था देशको छवि धुमिल पार्ने काम गरेको उनको भनाइ छ। एमेजनमा ३० लाखभन्दा बढी प्रकारका वनस्पति र जनवारहरु पाइन्छ भने १० लाखभन्दा आदिवासीहरु बस्दछन्। -बीबीसी


ताजा समाचार