नेकपा स्थायी कमिटीको अर्को बैठक पुस १ गते बस्ने

केबी थापा ‘सुमन’

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले स्व.कमानसिं लामाप्रति शोकप्रस्ताव पारित गरेको छ।

आगामी स्थायी कमिटीको बैठक पुस १ गते बस्नेछ। आइतबारको बैठकमा प्रधानमन्त्रीसमेतका रहेका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल त्यस्तै उपाध्यक्ष बामदेब गौतम, नेकपा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, प्रबक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको थियो।

त्यस्तै शिक्षा मन्त्री गिरिराजमणि पोख्रेल, उद्योग मन्त्री लेखराज भट्ट, कृषिमन्त्री घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु डा.भिम रावल, लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल, मातृका यादव, पम्फा भुसाललगायत ४५ जनाको उपस्थित रहेको थियो।

साथै बैठकमा अध्यक्ष प्रचण्डले स्व.कमानसिंह लामा र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठबीचको विवादलाई जालझेलको संज्ञा दिएका छन्। श्रेष्ठमाथिका आरोपहबाट केही पनि भ्रममा नपर्न अनुरोध गरेको छन्। यस अधि पार्टी कार्यालय धुम्बराहिमा बसेको स्थायी समिती बैठकमा प्रधानमन्त्री ओलि अनुपस्थित भएपछि कुनै छलफल भएको थिएन।


ताजा समाचार