भारतले छिमेकी मुलुकमा आर्थिक लगानी बढाउँदै

काठमाडौँ। जुन महिनाबाट दुई मुलुकको बिचमा तनाव बढेसँगै भारत र चीनले छिमेकी मुलुकहरुमा आर्थिक लगानी बढाउँदै लगेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।

चिनियाँ लगानीको बारेमा अध्ययन गर्ने संस्था अमेरिकन इन्टरप्राइज इन्ष्टिच्युटका अनुसार सन् २०२० मा मात्रै चीनले छिमेकी मुलुकहरुमा ४ विलियन अमेरिकी डलर लगानी गरेको छ।

१.९३ विलियन अमेरिकी डलर पाकिस्तानमा, १.२५ विलियन बंगलादेशमा, ४५० मिलियन श्रीलंकामा र २८० मिलियन श्रीलंकामा लगानी भएको छ। छिमेकमा भएको कुल लगानीमध्ये झण्डै पचास प्रतिशत पाकिस्तानमा भएको छ। भारत र पाकिस्तानको विचमा कुनै तनावपूर्ण सम्बन्ध रहेको छ भने चीन र पाकिस्तानको विचमा एकदमै सौहार्दपूर्ण सम्बन्ध रहेको छ। यी मुलुकहरुमा बेल्ट एण्ड रोड परियोजना अन्तर्गत लगानी भएको छ।

विश्लेषकहरुले चीनको लगानी पारदर्शी नभएका कारण अझै बढी लगानी भएको हुनसक्ने बताएका छन्। तर नेपालमा यो विचमा चीनले कति सहयोग ग¥यो भन्ने सम्बन्धमा भने सो अध्ययनमा केही पनि उल्लेख गरिएको छैन। उता भारतले पनि चीनसँगको द्वन्द्व बढ्दै गएपछि आफ्ना छिमेकी मुलुकहरुमा कनेक्टिभिटी परियोजनाहरुमा लगानी बढाउँदै लगेको छ। एकातिर उसले कनेक्टिभिटी परियोजनामा अरबौ लगानी गरिरहेको छ भने अर्कोतिर कोभिड सम्बन्धी सहयोग पनि बढाएको छ।

भारतले श्रीलंकलाई मुद्रा विनियम सुविधाको लागि ४०० मिलियन अमेरिकी डलरको सहयोग गरेको छ भने माल्दीभ्सलाई पनि त्यही सहयोग गरेको छ। त्यसैगरी भारतले माल्दिभ्सलाई बजेटरी सपोर्ट समेत गरेको थियो।

त्यसैगरी भारतले ग्रेटर माले कनेक्टिभिटी परियोजनाको लागि समेत सहयोग गरेको थियो। त्यसैगरी बंगलादेशलाई रेल र अन्य परियोजनाहरुको लागि समेत सहयोग गरेको छ। चीनको बीआरआईलाई काउन्टर गर्न भारतले पछिल्लो समयमा छिमेकी मुलुकहरुमा कनेक्टिभिटी परियोजनामा लगानी बढाएको छ।


ताजा समाचार