आगामी वैशाख २३ गते आम निर्वाचन गर्ने राष्ट्रपति समक्ष प्रस्ताव

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २३ गते आम निर्वाचन गर्ने राष्ट्रपति समक्ष प्रस्ताव गरेका छन्।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका ओलीले आगामी वैशाख २३ गते चुनाव प्रस्ताव राखेका छन्। यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि यस विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन्।

प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका हुन्।

 


ताजा समाचार