संसद विघटनविरुद्ध अनेरास्ववियूद्वारा स्वाहा कार्यक्रम

काठमाडौँ। असंवैधानि तवरले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विरोधको राको झन् रापिलो बन्दै जाने संकेत देखिएको छ।

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल) पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार राजधानीका विभिन्न स्थानहरुमा रचनात्मक तथा ससाल जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ।

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट सवा ६ बजे मसाल जुलुस निकालेको थियो। प्रधानमन्त्री ओलीले संसद विघठन गरेको विरोधमा स्वाहा कार्यक्रमसमेत गरेकाे छ।

तस्बिर: मुकुन्द कालिकोटे


ताजा समाचार