लाल्टिन बालेर संसद विघटनको धारा खोजियो (फोटोसहित)

काठमाडौं। नेकपा (प्रचण्ड–नेपाल) समूहको विद्यार्थी संगठन अनेरास्ववियूका नेता रन्जित तामाङले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी निर्णय कुनै हालतमा स्वीकार नभएको बताएका छन्।

अनेरास्ववियूले लाल्टिन बालेर प्रतिनिधिसभा विघटनविरुद्ध गरेको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेता तामाङले भने,‘काठमाडौंको बाइस धारामा नुहाएर सुन्धारालाई टेकेर संविधानलाई ‘कू’ गरिएको हो भने केपी ओली जी त्यो कुरा हामीलाई अस्वीकार्य छ ।’

संसद विघटन गर्ने कुनै धारा नभएको भन्दै ओलीले आफैं बनाएको व्यक्तिगत संविधानको धारामा भएको भए त्यो आम नेपालीलाई थाहा नभएको स्पष्ट पारे । उनले भने,‘अझैपनि उहाँलाई सोच्ने, गल्ती सच्याउने अवसर छ, यदी समय घर्कियो भने केपी ओलीको कामचलाउ सरकारका मन्त्रीहरु कहीँ जान पाउने छैनन् । किनभने तीनीहरु सबैलाई आज हामीले कालो झण्डाले मात्र स्वागत गरेका छौं । यही कदम जारी रह्यो भने केपी ओलीका कुनैपनि मन्त्री जनताको बीचमा अनुहार देखाउन नहुनेगरि कालो मोसो लगाउने छौं।’

तस्बिर:मुकुन्द कालिकोटे


ताजा समाचार