मेस्सीको दुई गोलमा बार्सिलोना विजयी

काठमाडौँ। लियोनेल मेस्सीको दुई गोलमा एथ्लेटिक बिल्बाओलाई पराजित गर्दै बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ।

खेलमा अग्रता भने बिल्बाओले लिएको थियो। तेस्रो मिनेटमा नै इनाकी विलियम्सले बिल्बाओलाई अग्रता दिलाएका थिए। तर, लगत्तै पेड्रीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए।

दुईपटक पोष्टमा हिर्काएपछि खेलको ३८औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। दोस्रो हाफमा अर्को गोल गर्दै मेस्सीले बार्साको अग्रता फराकिलो।

खेलको अन्तिम मिनेटमा इकेर मुनायिनले बिल्बाओका लागि अर्को गोल थपे पनि हारबाट जोगाउन सकेनन्। बार्सिलोना ला लिगामा पछिल्ला ७ खेलमा अपराजित रहेको छ जसमध्ये ५ मा जीत र दुईमा बराबरी गरेको छ।


ताजा समाचार