२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो

काठमाडौँ। सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

वि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए।

पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार काठमाडौँलगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको छ।

यही क्रममा सिंहदरबारको सामुन्ने रहेको पृथ्वीनारायण शाहको शालिकमा मनाइएको पृथ्वी जयन्तीका तस्विरहरु यहाँ प्रस्तुत गरिएको छ। शालिकमा बाजागाजासहित माल्यार्पण गर्न पुगेकाहरुलाई प्रहरीले रोकेपछि केही बेर तनावसमेत भएको थियो।

तस्बिर: मुकुन्द कालिकोटे

 


ताजा समाचार